रोजिनाले ल्याइन् क्युटी मैयाँ

0
Shares

गायिका रोजिना गुरुङको डान्स पपगीत क्युटी मैयाँ सार्वजनिक भएको छ। रोजिनाको स्वर रहेको यो गीतमा विद्याराज शिवाकोटीको शब्द रचना तथा रोशन थापाको संगीत रहेको छ भने संगीत संयोजन किरण तुलाधरले गरेका छन्।

क्युटी मैयाँको म्युजिक भिडियोमा रोजिना गुरुङ र अमिर शेखले अभिनय गरेका छन्। मोहनराज अधिकारीद्वारा निर्देशन गरिएको सो म्युजिक भिडियो शिवराम श्रेष्ठ र धन योञ्जन तामाङले खिचेका हुन् भने लोकेश व्रजाचार्यले सम्पादन गरेका छन्। म्युजिक भिडियो ४ मिनेट ४० सेकेन्ड अवधिको छ।

गायिका रोजिना गुरुङले यसअघि अहिलेकी चर्चित गायिका मीना निरौलासँग पाइला नामक एल्बम सार्वजनिक गरेकी थिइन्।