कलाकारिता र मोडलिङ सँगसँगै

0
Shares

फि ल्म कलाकार, मोडल, नृत्य गुरु र कुशल नर्तकी हुन् दीपा थापा। विभिन्न फिल्ममा अभिनेतृका अलावा आइटम डान्समार्फत आफ्नो कला प्रस्तुत गर्दै आएकी दीपाले कारबाही, द रेन्जजस्ता फिल्ममा मुख्य अभिनेतृको रूपमा अभिनय गरेकी छन्।

साथसाथै लुट कम्पनी, यो कथा हो तिम्रो मेरो, मेरो दशलगायत भोजपुरी फिल्म चण्डीमा आकर्षक नृत्यका साथ आइटम डान्स गरेकी छन्। आइटम होस् कि फिल्मको मुख्य भूमिका, सबै किसिमको प्रतिभा कुशलतापूर्वक प्रस्तुत गर्दै आएकी दीपाले २०६१ सालदेखि मोडलिङ शुरु गरेकी हुन्।

दीपाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन्। देश–विदेशका स्टेज कार्यक्रममा समेत आफ्नो नृत्य कला प्रस्तुत गर्दै आएकी छिन्। आफैंमा राम्रो नृत्य गर्ने उनी नृत्यकी गुरुसमेत हुन्। काठमाडौंको सीतापाइलामा दीपाका ड्याजिलिङ स्टार ग्रुप प्रालि नामक नृत्यको प्रशिक्षण केन्द्र खोलेर उनले धेरै नृत्य सौखिन तथा नृत्यलाई व्यावसायिकरूपमा लाग्न चाहनेका लागि नृत्य प्रशिक्षण दिँदै आएकी छिन्। पद्मकन्या कलेजमा पढ्दापढ्दै भरत नाटइ्म् सिकेकी दीपाले त्यहींबाट आफ्नो यात्रालाई कला क्षेत्रमा डोर्याएकी हुन्। आफू बाचुञ्जेल कलाकर्ममै समर्पित हुन चाहने दीपा यसै क्षेत्रमा समर्पित हुँदै यस क्षेत्रको उत्थानमा एउटै भए पनि इँटा थप्न चाहेको बताइन्।