बेइजिङ समर्थक पक्राउ


बेइजिङ, (एजेन्सी)
चीनले ताइवान सरकारमाथि बेइजिङ समर्थक राजनीतिक पार्टीका ४ सदस्यलाई जासुसीको अभियोगमा हिरासतमा लिई मुद्दा चलाएको आरोप लगाएको छ। ताइवान प्रहरीले चर्चित सञ्चारकर्मी वाङ पिङ चुङसँगै एकीकरण समर्थक न्यु पार्टीका तीन सदस्यलाई गत मंगलबार पक्राउ गरेका थिए। ताइपेइ डिस्ट्रिक्ट प्रोसेक्युटर्सको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा वाङ र हिरासतमा लिइएका अन्य संदिग्ध व्यक्तिहरूले राष्ट्रिय सुरक्षा कानुनलाई उल्लंघन हुने खालका अनुसन्धानमा चासो लिइरहेको उल्लेख गरेको छ। हालैका दिनमा ट्रम्पको नयाँ नीतिका कारण चीन र ताइवानबीच तनावको स्थिति रहेको छ।