ग्लोबल आईएमई बैंकको शाखा थप

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल आईएमई बैंकले तेह्रथुमको लालीगुराँस नगरपालिका ७, लसुनेमा आफ्नो ५६औं शाखारहित बैंकिङ सेवा शुरू गरेको छ। ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ संयुक्त रूपमा व्यावसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरी उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो।

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७, लसुनेमा शुरू गरिएको सेवाको लागि स्थानीय अर्जुन श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ सेवा शुरू गरेको हो।

१ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको १०८ वटा शाखा, १४ वटा राजस्व संकलन काउन्टर, १ वटा सीडीएससी काउन्टर, १२६ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर तथा ५६ शाखारहित बैंकिङ सेवा रहेका छन्।