एसएलसी पास एक जनामात्रै

0
Shares

गन्धर्वबस्तीमा एकजनाले मात्रै एसएलसी पास गरेका छन् ।
बस्तीबाट एसएलसी पास गर्ने एक्ला गोविन्द गन्धर्व पनि उच्च शिक्षा अध्ययन नगरेर मजदुरीका लागि भारत गएका छन् । ‘११ कक्षामा बाँसगढीमा भर्ना भएको थियो, आर्थिक अवस्थाले गर्दा छोडेर भारत जानु पर्यो, दाई दीपक गन्धर्वले भन्नुभयो ।

मलेसिया गएका बुवा गंगाबहादुर गन्धर्व लापत्ता भएपछि गोविन्दको पढाई अगाडि बढ्न नसकेको दीपकले बताउनुभयो । नौ वर्षअघि मलेसिया गएका गंगाबहादुरको अहिलेसम्म अत्तोपत्तो छैन । गएको ५ महिनासम्म घरपरिवारको सम्पर्कमा रहेका गंगाबहादुर त्यसपछि सम्पर्कमा छैनन् । ‘आज मैले तलव बुझेको छु । होटलमा बसेको छु भनेर फोन गरेको केही समयपछिदेखि नै बुवाको सम्पर्क छैन, छोरा दीपकले भन्नुभयो ।

विदेश गएका बुवाले लापत्ता भएपछि पढ्न स्थिति नभएर गोविन्द भारत कामका लागि गएका हुन् ।