इतिहासमा दोस्रो


लस एन्जलस, (एजेन्सी)
अमेरिकाको क्यालिफोर्निया राज्यको पहाडी इलाकामा हालैको भीषण आगलागी इतिहासकै दोस्रो ठूलो भएको बताइएको छ। लस एन्जलसको पश्चिमी इकालामा लागेको उक्त आगलागीले हजारौं घरहरूलाई खरानी बनाइसकेको छ। गत डिसेम्बर ४ मा लागेको उक्त आगो अहिलेसम्म ५५ प्रतिशत मात्र नियन्त्रण हुन सकेको जनाइएको छ। उक्त आगलागीले ओगटेको क्षेत्रफल अहिलेसम्मको सबैभन्दा ठूलो आगलागीको भन्दा १ हजार २ सय एकड कम भएको अग्निसमन विभागले जनाएको छ। उक्त राज्यको सबैभन्दा ठूलो आगो सान डिएगोमा सन् २००३ मा लागेको थियो। उक्त आगलागीमा १५ जनाले ज्यान गुमाएका थिए।