पसलमा आगलागी


मुम्बई, (एजेन्सी)
पश्चिमी भारतीय राज्य मुम्बई शहरस्थित एउटा मिठाई पसलभित्र आगलागी हुँदा १२ जनाको ज्यान गएको छ। ती सबैलाई उक्त पसलबाट उद्धार गरिए पनि अस्पतालमा लाने क्रममा तिनीहरूको बाटोमै मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। ती मृतकहरू पसलका कामदारहरू रहेको र तिनीहरू त्यहीँ बस्ने गरेको बताइएको छ। स्थानीय समयअनुसार बिहान चारबजे उक्त पसलको भुइँ तल्लाबाट आगलागी शुरू भएको थियो। जसले गर्दा कामदारहरू माथिल्लो तल्लामा थुनिन पुगेका थिए। केही समयपछि तिनीहरूमाथि तापको कारण छतै खस्न पुगेको थियो।