कट्टरपन्थी हमला योजना असफल, पुटिनद्वारा सीआईएको सहयोगका लागि ट्रम्पलाई धन्यवाद


मस्को, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी रुसी शहर सेन्ट पिटर्सबर्गको प्रमुख गिर्जाघरमा हमलाको योजना असफल पार्नमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको सहयोगका लागि धन्यवाद दिएका छन्।

रुसी सञ्चार माध्यमहरूले अमेरिकी गुप्तचर एजेन्सी सीआईले दिएको सूचनाका आधारामा रुसी सुरक्षा एजेन्सीले उक्त ऐतिहासिक सहरको प्रमुख गिर्जाघरमा हुन लागेको आक्रमणको योजनालाई असफल पारेको जनाएको थियो।
उक्त आक्रमण शनिबार हुन लागेको अधिकारीहरूले बताएका छन्। पुटिनले अमेरिकासँग जोडिएका यस प्रकारका गोप्य जानकारी प्राप्त भएमा अमेरिकी अधिकारीहरूलाई अवगत गराउने बचन दिएको रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ।

रुसको सुरक्षा सेवा एफएसबीले शुक्रबार एक बयानमा उसले इस्लामिक स्टेट समर्थक समुहका ७ सदस्यलार्य हिरासतमा लिएको उल्खेख गरेको छ। उनीहरूबाट विस्फोटक, हितयार तथा कट्टरपन्थी साहित्य बरामद गरिएको बताइएको छ।

उक्त समूहले शनिबार एक धार्मिक संस्थामा आत्मघाती हमला गरी नागरिकहरूको हत्या गर्ने योजना बताएको एफएसबीले जनाएको छ। क्रेमलिनलाई उद्धृत गर्दै उक्र समूहले कजान क्याथेड्रल र रुसको अन्य ठूला शहरको भिडभाड हुने इलाकामा शक्तिशाली विस्फोट गर्ने तयारी गरिरहेको इन्टरफ्याक्सले जनाएको छ।