परमाणु युद्धको सम्भावना नकार्न सकिँदैनः पाकिस्तान

0
Shares

इस्लामावाद (एजेन्सी)
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार नसिर खान जाजुआले पछिल्लो स्थितिलाई हेरेर परमाणु युद्धको सम्भावना नकार्न नसकिने बताएको छ।

जांजुआले दक्षिण एसियामा परमाणु युद्धको सम्भावनालाई अस्वीकार गर्न नसक्ने बताउँदै यस क्षेत्रमा जुन रूपमा परिस्थिति बन्दै गइरहेको छ, त्यसले युद्धको खतरा उत्पन्न भइरहेको बताए।

दक्षिण एसियाली क्षेत्रको स्थिरता अत्यन्त नाजुक स्थितिमा रहेकाले परमाणु युद्धको सम्भावनालाई अस्वीकार गर्न नसक्ने दाबी उनले गरे।
पाकिस्तानको राष्ट्रिय सुरक्षाका विषयमा भइरहेको एक सेमिनारमा जांजुआले उक्त कुरा राखेका थिए। भारतले लगातार खतरनाक हतियार जम्मा गरिरहेको र पाकिस्तानलाई पारम्पारिक युद्धको धम्की दिने गरेको उनले बताए। अमेरिका विरुद्ध टिप्पणी गर्दै जांजुआले अमेरिका र भारत मिलेर चीन–पाकिस्तान इकोनोमिक कोरिडोर विरुद्ध षड्यन्त्र रचिरहेको आरोप लगाए। अमेरिकाले पाकिस्तानलाई नजरअन्दाज गर्दै भारतलाई समर्थन गरिरहेको बताए।
पाकिस्तानको एनएसएको परमाणु युद्धको धम्कीलाई लिएर कांग्रेस नेता प्रमोद तिवारीले पाकिस्तानसँग लडन आफ्ना सेना तयार रहेको प्रतिक्रिया दिएका छन्। त्यसैगरी भाजपा नेता विनय कटियारले पाकिस्तानले यदि कुनै त्यस्तो गतिविधि गरेमा उसको कयौं पुर्खाले त्यसको नतिजा भोग्नुपर्ने चेतावनी दिए।