अमेरिकी नीति आलोचित


बेइजिङ, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाले नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेपछि मंगलबार चीनले ह्वाइट हाउसको शीत युद्धकालीन मानसिकताको आलोचना गरेको छ। उक्त दस्तावेजमा चीन र रसियालाई प्रतिद्वन्द्वी शक्तिको संज्ञा दिँदै तिनीहरूबाट थुप्रै सम्भावित खतरा रहेको उल्लेख गरिएको छ। उक्त नयाँ नीतिमा बेइजिङ र अन्य सरकारहरूले अमेरिकी शक्तिलाई चुनौती दिन दृढ रहेको बताइएको छ। तर चीनको विदेश मन्त्रालयले उक्त प्रतिवेदनको आलोचना गर्दै वासिंगटनले पुरानो धारणा त्याग्नुपर्ने जनाएको छ। रसियाले पनि अमेरिकी नीतिको आलोचना गरेको छ।