लोकगीतमा रमाए लमजुङबासी

0
Shares

लमजङ, (नेस)। लोकगायक चोलेन्द्र पौडेल, तुलसी केसी र माण्डवी त्रिपाठीको सांगीतिक प्रस्तुतिका साथमा लमजुङबासीहरू रमाउँदै नाचेका छन्। लमजुङको रागिनास नगरपालिका ८ को तार्कुघाटस्थित वीरभक्ति आमाविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारहरूले आफ्नो कला र गलाका माध्यमले जिल्लाबासीलाई नचाएका हुन्।

क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीद्धारा शुभारम्भ गरिएको कार्यक्रम सोही विद्यालयको हातामा आयोजना गरिएको थियो। समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सहमहासचिव समेत रहेका चोलेन्द्र पौडेलले रतेली, तीजमा गाइने गीतदेखि आफ्नो एकल र तुलसा केसीसँग दोहोरी गाएर सहभागीहरुलाई नचाएका थिए। उनको भरखरै बजारमा आएको सालैजो दोहोरी गीत धेरैले मन पराएका थिए। रत्यौली गाउँदै आफ”ले कास्कीपछि लमजुङको जुठो खाएको स्मरण गर्दा दर्शकहरूले कर्तल ध्वनीले पौडेलेको सम्मान गरेका थिए।
लोकगायिका तुलसा केसीले कति राम्रो लमजुङको गाउँ छ, सम्झी सम्झी आउन मन लाग्छ, दाइ दाइ नभन मलाई, मोहनी लाग्यो मलाईसहितका गीत गाएर मनोरञ्जन दिलाएकी थिइन्।

यसैगरी सोही विद्यालयको कार्यक्रमबाट गायन कलाको थालनी गरी राष्ट्रिय लोकगायिका बन्न सफल माण्डवी त्रिवाठीले स्मरण गरिन्। उनले २०५१ सालको त्यो कार्यक्रममा आफ” र आफ्नो भाइ राजेन्द्रले कुन मन्दिरमा जान्छौ यात्री गाएर यो स्थानमा आउन पाएकोले त्यसको श्रेय यसै विद्यालय र त्यस समयका आयोजक तथा अतिथिहरूलाई जान्छ भनिन्। त्योसँगै उनले आफ्नो बहुचर्चित गीत सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला बोलको गीतमा धेरैलाई नचाइन्। गुरु ब्रह्मा गुरु विष्णु भजनबाट गायन थालेकी माण्डवीले भरखरै बजारमा आएको हातमा रुमाल हल्लाउँदै, ढल्क्यो ढल्क्यो जोवन मेरो तिमी तिरै ढल्क्यो, टाकन टुकन टक्कसहितका गीत गाएकी थिइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सफी मियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका सहायक प्रधानाध्यापक नुरमोहमद मिया र शिक्षक सिताराम अधिकारीले गरेका थिए।