हेमन्तले ल्याए बिहे गीत

0
Shares

लोकप्रिय युवा गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन। बिहेबारी सम्बन्धि विषयका गीतको संख्या कम रहेको अवस्थामा शर्माले यसैबारेको गीत डम डम डम बज्यो तयार पारेका हुन्। गीतमा गायक शर्माकै शब्द तथा संगीत छ। श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन्।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। गायक शर्माले आफ्नै निर्देश्ँनमा म्युजिक भिडियो तयार पारेका हुन्। गायक शर्माका अनुसार म्युजिक भिडियोमा झन्डै ६५ जनाभन्दा बढिको सहभागिता छ। भिडियोमा नायिका प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन्। ज्ञवाली बुटवलतिरका अधिकांश मेला–महोत्सवमा नृत्य गरिरहने कलाकार हुन्। म्युजिक भिडियोमा एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन्। भिडियोमा शिव बिकको कोरियोग्राफी छ। धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन्। यो भिडियोलाई गायक शर्माले आफ्नै य”ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।