नेसनल कलेजका गेलाल उत्कृष्ट

0
Shares

काठमाडौं, (नेस)
धुमबाराहीस्थित नेसनल कलेजका अर्पण गेलाल काठमाडौं विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी घोषित भएका छन्। काठमाडौं विश्वविद्यालयको २३औं दीक्षान्त समारोहमा गेलाललाई उपकुलपति स्वर्ण पदकद्वारा विभूषित गरिएको हो।

गेलालले नेसनल कजेजबाट ब्याचलर इन डेभलपमेन्ट स्टडिजमा कुल ३ दशमलव ९९ सीजीपीए हासिल गरेका हुन्। गेलालले प्राप्त गरेको विश्वविद्यालयअन्तर्गतका सबै स्नातक कार्यक्रममध्ये सबैभन्दा धेरै सीजीपीए हो। दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थी घोषित भएसँगै गेलालले नेपालका कलेजहरूमा पढाइ हुने स्नातक तहको पढाइ विदेशी विश्वविद्यालयभन्दा कमजोर नभएको बताए। उनले भने –‘यहाँको शिक्षण पद्धति विश्वस्तरीय छ। मिहिनेत गरे नेपालकै उच्चशिक्षाले एक कुशल व्यक्तित्व बन्न पर्याप्त छ।’

यस वर्ष काठमाडौं विश्वविद्यालयबाट १ हजार बढी स्नातक विद्यार्थी दीक्षित भएका छन्।