मोबाइलबाट खिचिएका फिल्मको स्पर्धा हुने

0
Shares

सर्वनामल थिएटरले गत वर्षदेखि आयोजना गरेको राष्ट्रव्यापी लघु मोबाइल सिनेमा प्रतियोगिता दृश्यांशको दोस्रो संस्करण यसपालि पनि गर्ने भएको छ। प्रतियोगितामा मोबाइल फोनबाट बनाइएका नेपाली लघु सिनेमा सामेल गरिने भएको छ।

प्रतियोगिता सर्वनाम थिएटरको आयोजना र सिनेमा घर एपको सहआयोजना हुन लागेको हो। सार्वधिक प्रयोग हुने फिल्म माध्यम मोबाइल फोनको माध्यमबाट यही लुकेका कथाहरुलाई नेपाली लघु सिनेमाको रूपमा प्रस्तुत गर्न यो प्रतियोगिता आयोजना गरिन लागेको संयोजक सम्पदा मल्लले बताइन्। ‘नेपालभित्र र बाहिर बस्ने सम्पूर्ण नेपालीले कुनै पनि मोबाइल फोनको प्रयोग गरी नेपाली भाषामा ३ मिनेटसम्मको सिनेमा बनाउन सक्नेछन्’, मल्लले भनिन– ‘फोनबाहेक अन्य क्यामेराले बनाइएका सिनेमाहरु रद्ध हुनेछन।’ प्रतियोगितामा फिल्मकर्मी निश्चल बस्नेत, दीपक रौनियार, अविनाशविक्रम शाह र पत्रकार सुशील पौडेल निर्णायक रहनेछन्।

प्रतियोगितामा पहिलो पुरस्कारस्वरूप ७५ हजार रुपियाँ र ट्याबलेटका साथमा दृश्यांश अवार्ड, दोस्रो पुरस्कारस्वरूप स्यामसुङ ट्याव–३ भी अवार्ड र तेस्रो पुरस्कारमा टचकन ट्यावका साथमा अवार्ड पदान गरिनेछ। तीनै विजेताका लागि ३ महिने नाट्य कार्यशालाको व्यवस्था गरिएको सर्वनामले जनाएको छ। अडियन्स च्वाइस अवार्डका साथमा आइप्याड ९.७ पदान गरिनेछ। साथै प्रतियोगितामा छानिएका उत्कृष्ट १० फिल्मलाई पुरस्कार वितरण समारोहमा प्रदर्शन गरिनेछ।