लोप भइसके तोरी पेल्ने कोल



धनवीर दाहाल, रुकुम । एका बिहानै गाँउको छेउमा धेरै जना जम्मा भएर पुरुषले सरसर काठ घुमाउने महिलाले चिउरी तथा तोरी हाल्ने त्यस्ता कोलहरु अव गाँउमा खोज्दा पनि नभेटिने अवस्थामा छन् । कुनै बेला गाँउ गाँउमा पाइने तोरी पेल्ने र चिउरी पेल्ने कोल लोप हुँदै गएका छन् ।
तोरी पेल्न तथा चिउरी पेल्नका लागी निकै प्रख्यात मानिने कोल बढ्दो आधुनिकिकरणसँगै भित्रिएका मिलहरुको कारण बिस्थापित भएका छन् । रुकुमका केही बिकट बस्तीहरुमा अझै भेटिने भएपनि बिस्तारै लोप हुने अवस्थामा पुगेको रुकुम पश्चिम बाँफिकोट गाँउपालिका ४ का ८३ बर्षका बिरु जैसीले बताए । उनले आफ्नो पालामा तोरी पेल्नका लागी कोलमा मान्छेहरुको निकै भिड लाग्ने गरेको सुनाए । रुकुम पश्चिमको स्यालाखदी, गोतामकोट लगाएतका ठाँउमा बिरलै मात्रामा भेटिने भएपनि अन्य ठाँउमा भेटिन छाडेका छन् । रुकुम पुर्वको मोराबाँग, जाँग, हुकाम लगाएतका ठाँउमा पनि बिरलै भटिन्छन् ।
बुढापाकाहरुका अनुसार कोलबाट पेलिएको तेल शुद्ध हुने र सो तेल प्रयोग गर्दा शरिर बलियो हुन्छ । यसै गरी कोलबाट पेलिने चिउरी पनि निकै उपयोगी हुने गर्दथ्यो । बिरु जैसीका अनुसार चिउरीको सिजन सुरु हुँदा बिहानै ४ बजे उठेर कोल पेल्न पुग्नुपर्दथ्यो । बढ्दो आधुनिकिकरण सँगै भित्रिएका बिजुलीबाट चल्ने मिल र पानी मिलको कारण काठबाट बनाइएको सो कोल लोप भएको हो । स्थानीय स्तरमा नै तयार गर्न सकिने कोल बनाउने खालको काठ आजभोली त्यति पाइन छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्