चीनको सी ९१९ विमानको दोस्रो नमुनाको परीक्षण उडान


बेइजिङ (एजेन्सी)
चीनले आइतबार घरायसी प्रविधिको प्रयोग गरि विकाश गरेको सी९१९ यात्रुवाहक जेटको दोस्रो नमुनाले सांघाइमा परीक्षण उडान भरेको सरकारी टेलिभिजनले जनाएको छ। यसलाई विश्व जेट विमान बजारमा चीनको महत्वांकाक्षा पुरा गर्ने अर्को महत्वपुर्ण कदमका रूपमा लिइएको छ।

यसत ६ वटा नमुना विमानले परीक्षण उडान भर्ने चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ। यसमा इन्जिनको परीक्षणलाई विशेष केन्दित गरिने छ। जनवरीको अन्त्य सम्ममा अर्को लामो दुरीको परीक्षण उडान गर्ने उद्देस्य लिएको चिफ इन्जिनियर वांग वेइले बताएका छन्। १ हजार भन्दा धेरै परीक्षण हुने उनले जानकारी दिएको टेलिभिजनले जनाएको छ।

वोइंगको ७३७ र एयरबसको ए३२० सँग प्रतिस्पर्धा गर्ने उक्त साँगुरो आकारको विमानलाई विश्व यात्रुबाहक जेट विमान बजारमा छिर्ने चीनको महत्वाकांक्षाको प्रतिकका रूपमा लिइएको छ। यो बजार आगामी २० बर्षमा २० खर्ब डलर पुग्ने अनुमान गरिएको छ।

सी९१९ ले धेरै पटकको रोकावटपछि मे ५ मा पहिलो उडान भरेको थियो। विश्लेषकहरूले यसअघिका परीक्षण उडानहरू बीच लामा समयको अन्तराल रहेकोमा प्रश्न उठाएका छन्।

यसले पहिलो लामो दुरीको उडान नोभेम्बर १० मा पुरा गरेको थियो। २ घण्टा २३ मिनेटको उडानका क्रममा विमानले सांघाइबाट मध्य चिनिया सहर सियानमा अवतरण गर्ने क्रममा १ ह जार ३ सय किलोमिटरको दुरी पुरा गरेको थियो। यस उडानका क्रममा विमान ७ हजार ८ सय मिटरसम्मको उचाइमा पुगेको थियो।

यसका निर्मार्ता कमर्सियल एयरक्र्याफ्ट कपोरेसन अफ चाइना (कोमाक)ले उक्त पहिलो उडानलाई विमानको हवाई उडान प्रमाणिकरणका लागि कोशेढुंगा भएको बताएको छ।

कोमाकले चीन लगायत युरोपको उद्देयन सुरक्ष नियमकबाट विमानका लागि योग्य प्रमाणिकरण हासिल गर्ने उद्देस्य लिएको छ। उक्त विमानका लागि दर्जनौं ग्राहक आइसकेको र उनीहरूले ७ सय ८५ जेटका लागि अर्डर तथा प्रतिबद्धता ब्यक्त गरिसकेको कोमाकले बताएको छ।