गोप्य कार्यक्रम


न्युयोर्क, (एजेन्सी)
अमेरिकी रक्षामन्त्रालयले अज्ञात उडन तश्तरी ( युएफओ ) बारे अनुसन्धान गर्न गोप्यरूपमा लाखौं डलरको कार्यक्रम संचालन गर्दै आइरहेको अमेरिकी संचार माध्मको एक प्रतिवेदनमा जनाइएको छ। सन् २००७ देखि शुरू भएको उक्त कार्यक्रमबारे थोरै सरकारी अधिकारीलाई मात्र जानकारी रहेको जनाइएको छ। सो कार्यक्रम सन् २०१२ मा बन्द गरिएको थियो। दि न्युयोर्क टाइम्सले उक्त एडभान्स्ड एरोस्पेस थे«ट आइडेन्फििकेसन प्रोग्रामले तिव्र गतिमा हुँइकिदै अगरेका अज्ञात विमानहरूको अभिलेख राख्ने तथा अध्ययन र अनुसन्धान गर्ने गरेको जनाएको छ।