सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली संघिय प्रहरी ( एएफपि ) ले सिडनीमा उत्तर कोरियाका लागि आर्थिक एजेन्टको भुमिका निभाउँदै आएको अभियोगमा एकजना पुरुषलाई गिरफतार गरेको आइतवार जनाएको छ। ५९ वर्षिय चान हान चोइ नामक ति व्यक्तिलाई उत्तर कोरियाबाट अवैध सामान आयात गर्न मध्यस्थता गरकेको र आम विनाशकारी हातहतियार आपुर्ति गर्नेबारे पनि छलफल गरिरहेको अभियोग लगाइएको छ।
प्रहरीले उनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद र अष्ट्रेलियाले उत्तर कोरियामाथि लगाउँदै आएको नाकावन्दि उल्लंघन गरेको बताएको छ। अष्ट्रेलियामा ३० वर्ष भन्दा लामो समय देखि वसोवास गर्दै आएका चान विरुद्धको यस्तो मुद्धा अष्ट्रेलियाको इतिहासमै पहिलो हो।
साथै सन् १९९५ को अष्ट्रेलियाको आम विनाशकारी हातहतियार कानुन अन्तर्गत कसैलाई मुद्धार दायर गरिएको यो पहिलो घटना हुन्। प्रहरीले चानको उत्तर कोरियाका उच्च पदस्थ अधिकारीहरूसंग सम्पर्क रहेको प्रमाणहरू फेला परिसकेको बताएको छ।
उनी विरुद्ध व्यालेस्टिक क्षेप्यास्त्र प्रविधि लगायत उत्तर कोरियाको हातहतियार कार्यक्रम सम्बन्धी सुचना विदेशी संघसंस्थालाई बिक्री गरी प्योंगयांगको सरकारलाई आर्थिक श्रोत जुटाइदिने गरेको अभियोग लगाइएको छ। साथै उनलाई भियतनाम र इन्डिोनेसियाका विभिन्न समुहलाई उत्तरको कोइला बेच्न पनि मध्यस्थता गरेको अभियोग लगाइएको छ।
प्रतिक्रिया