शाहिद एसियाकै कामुक

0
Shares

बलिउड अभिनेता शाहिद कपुर यस वर्षको एसियाको कामुक पुरुष घोषित भएका छन्। बिटे«नको साप्ताहिक अखबारको वार्षिक पोलमा उनी यस वर्षको सबैभन्दा कामुक युवक चुनिएका हुन्।

समाचारमा जनाइएअनुसार यस पोलमा संसारभरका प्रशंसकबाट प्राप्त भोटका आधारमा वार्षिक सूची तयार गरिएको थियो भने ५० सेक्सियस्ट एसियन म्यानको लिस्टमा उनी पहिलो नम्बरमा आएका हुन्। उनले आफ्नो यस स्थानको लागि आफूलाई भोट गर्नेहरूप्रति आभार व्यक्त गरेका छन्। ‘यो ट्याग पाउँदा सम्मानित महसुस गरिरहेको छु। मेरो विचारमा मानिस शारीरिक कारणले मात्र कामुक हँुदैन’, उनले भनेका छन्– ‘यो त जिन्दगीको मानसिक पहलसँग जोडिएको हुन्छ।

यस लिस्टको दोस्रो नम्बरमा बलिउड नायक रितिक रोशन छन् भने ब्रिटिस पाकिस्तानी गायक जायन मली तेस्रो नम्बरमा छन्। रितिक लगातार तीन वर्षसम्म दोस्रो नम्बरमा नै परेका हुन्। यस लिस्टको चौथो नम्बरमा टेलिभिजन नायक विवियान डिसेना तथा पाँचौ स्थानमा आशीष शर्मा रहेका छन्।

केही दिनपहिले बलिउड नायिका प्रियंका चोपडा लन्डनको साप्ताहिक अखबार इस्टर्न आईद्वारा गरिएको एक सर्वेक्षणमा एसियाको सबैभन्दा कामुक महिला घोषित भएकी थिइन्।