अष्ट्रेलियाको आस स्मिथमाथि


लन्डन, (एजेन्सी)
स्टिभ स्मिथको कप्तानी पारीको सहयोगमा अस्टे«लियाले एसेस सिरिजअन्तर्गत तेस्रो टेस्टमा इंग्ल्यान्डलाई सशक्त जवाफ दिएको छ।

इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय ३ रन बनाएको थियो। यसको जवाफमा अस्टे«लियाले दोस्रो दिनमै ३ विकेटको क्षतिमा २ सय ३ रन जोडेको छ। इंग्ल्यान्ड २ सय रनले मात्रै अगाडि रहेको छ। पर्थ मैदानमा घरेलु टोलीलाई कप्तान स्मिथले सुदृढ स्थितिमा राखेका छन्। ९२ रनमा नटआउट रहेका स्मिथमाथि अस्टे«लियाको आसा बनेको छ। साथै इंग्ल्यान्डको सिरिजमा फर्कने आस समेत क्षीण हुने संभावना छ। यदि यो टेस्ट जित्न नसकेमा पाँच टेस्टको सिरिज इंग्ल्यान्डले गुमाउने पक्का पनि छ। सिरिजमा अस्टे«लिया २–० को अग्रतामा छ।

यसअघि जोनी बेयरस्टोले भ्रमणकारी टोली इंग्ल्यान्डका लागि सतक पुरा गरेका थिए। तर डेविड मालान व्यक्तिगत १ सय ४० रनमा आउट भएपछि अन्तिम ६ विकेट ५१ बलमा ३५ रनको लागि गुमाएको थियो। इंग्ल्यान्ड ४ सय ५० रन पार गर्ने स्थितिमा रहे पनि ४ सय ३ रनमै समेटिएको थियो।

बलिङमा क्रेग ओभरटनले अस्टे«लियाका दुबै ओपनरलाई आउट गरेर इंग्ल्यान्डलाई राम्रो शुरुआत दिएका थिए।

डेविड वार्नर र केमेरोन बेनक्रफ्ट दुबै जना ओभरटनको बलिङमा फस्दा अस्टे«लिया ५५ रनमा थियो र ंग्ल्यान्ड ३ सय ४८ रनको अग्रतामा थियो। तर स्मिथ र उस्मान ख्वाजाले तेस्रो विकेटका लागि १ सय २४ रनको साझेदारी गर्दा खेलमा अस्टे«लियाको नियन्त्रणतिर अग्रसर भयो। ५० रन बनाएका ख्वाजा क्रिस वोक्सको बलमा एलबीडब्ल्युको सिकार भएका थिए।