ओर्लान्डो, (एजेन्सी)
स्याहार ग्रहमा पैसा नतिरीकन बस्न खोजेकामा ९३ वर्षीय एक वृद्धालाई हथ्कडी लगाई जेल चलान गरिएको छ। प्mलोरिडाको लेक काउन्टीकी युआनिता फित्जेराल्डलाई मंगलबार पक्राउ गरिएको हो। नेसनल र्चच रेसिडेन्सेस फ्रान्कलिन हाउसको हाउसिङ समुदायले आफूमाथि अपार्टमेन्टमा ढुसी फैलाएको आरोप लगाउँदै त्यहाँबाट निकाल्ने निर्णय गरेको बताएका थिए।
प्रहरीले उनलाई उक्त अपार्टमेन्ट छोड्न सूचना दिएको तर उनले अर्को दिन भवन छोड्न अस्वीकार गरेको फ्लोरिडा टिभी डब्ल्यूकेएमजीले जनाएको छ। उनले प्रहरी अधिकृतहरुलाई ‘तिमीहरुले मलाई यहाँबाट बोकेर नलगेसम्म म कहीँ जाँदिनँ’ भनेकी थिइन्।
लेक काउन्टिका सुरक्षा प्रवक्ताले एक सहायकले फित्जेराल्डलाई उनको परिवारका सदस्य र अन्य हाउसिङ कम्पनीसँग सम्पर्क गराउन प्रयास गरेका थिए। तर उनले त्यसलाई अस्वीकार गरेकी थिइन्। उनले त्यहाँ काम गर्ने एक नर्ससँग बस्नका लागि दिएको प्रस्ताव पनि नमानेको बताइएको छ।
अधिकारीहरुले उनलाई भवनबाहिर लग्न खोज्दा उनी जानीजानी मेचबाट भुइँमा लडेकी थिइन्। उक्त आश्रयस्थलबाट निकाल्न अन्ततः अधिकारीहरुले उनलाई हथ्कडी लगाएका थिए । तर त्यहाँबाट गाडीमा लग्ने क्रममा उनका हथ्कडी खोलिएको थियो।
बिहीबार एक न्यायाधीशले एक सुसारे जिम्मा दिएपछि फित्जेराल्डले शुक्रबार आफ्नो ९४ वर्षको जन्मदिन जेलमा मनाएकी छिन्।
प्रतिक्रिया