सांसदद्वारा आत्महत्या


वासिङटन, (एजेन्सी)
फेसबुकमा अमेरिकी पुर्व राष्टपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामालाई बाँदरसँग तुलना गरी पोस्ट गेर्न रिपब्लिकन सांसदले बुधबार आत्महत्या गरेको छ। केन्टकी राज्यबाट रिपब्लिकन सांसद रहेका डेन जोनसनमाथि एक किशारीले यौन शोसनको आरोप लगाएकी थिइन्। यस मामिलामा जाँच भइरहेको थियो। फ्रान्कफर्टबाट दक्षिणपश्चिम करिब ५५ माइलको दुरीमा रहेको एक पुलमा एउटा बन्दुकसँग जोन्सनको शब बरामद भएको थियो। उनीमाथि सन् २०१३ मा आफ्नै छोरीकी १७ बर्षिय साथीले यौन उत्पिडनको आरोप लगाएका थिए। उक्त आरोपका बावजुद जोनसनले राजिनामा दिन अस्विकार गर्दै आइरहेका थिए।