पत्रकार पक्राउ


यांगुन, (एजेन्सी)
म्यान्मारमा मंगलबारदेखि हराइरहेको बताइएका रोयटर्सका दुई जना पत्रकारलाई प्रहरी हिरासतमा फेला पारिएको सरकारी सूत्रले बुधबार जनाएको छ। अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले वा लोन र क्या सोय ओ नामक आफ्ना पत्रकारलाई राजधानी यांगुनबाट किन गिरफ्तार गरियो भन्ने थाहा हुन नसकेको र यस घटनाबारे विस्तृत विवरण र तिनीहरूको अवस्थाबारे खोजी गरिरहेको जनाएको छ। म्यान्मारमा विशेष गरी शक्तिशाली सेनाका बारे लेखिने प्रेस स्वतन्त्रतामाथि व्यापक नियन्त्रण गरिने गरेको छ। स्थानीय सञ्चारमाध्यमले सरकारी गोपनीयता भंग गरेकाले तिनीहरूलाई पक्राउ गरिएको जनाएको छ।