उपचार नपाएर सुत्केरीको मृत्यु,स्थानीय महिलाद्धारा प्रशासन कार्यालय घेराउ

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीको अत्याधिक रक्तश्राव भएपछि मंगलवार मृत्यु भएको छ । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी शाहीको अत्याधिक रक्तश्राव भएको आवश्यक उपचार हुन नसकेपछि मृत्यु भएको उनका आफन्त गणेश शाहीले वताएका छन ।

डाक्टरहरुको लापरवाहीका कारणले मृत्यु भएको भन्दै कालिकोट बजार बन्द गर्नुका साथै स्थानीय महिलाहरुले जिल्ला प्रसासन कार्यालय घेराउ गरिरहेका छन । शाहीको अप्रेशन गर्ने डाक्टरलाई कारवाही र जिल्ला अस्पतालको सेवा सुबिधा बढाउन माग गर्दै आन्दोलन गरेका हुन् । स्थानीय दुर्गा शाहीले ‘जिल्ला अस्पताल कालिकोटको लापवाहीका कारणले मृत्यु भएको हो ।’ ‘ज्यान लिने डाक्टरलाई कारवाही गरिनुपर्ने वताईन ।

मंगलबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले मृत्यु भएको जिल्ला अस्पताल कालिकोट प्रमुख डाक्टर कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । समयमा अस्पताल पुग्न सकेनन अस्पतालमा पनि आवश्यक औजार उपकरणको अभाव थियो राती अप्रेशन गरेर बच्चा निकालियो ।’ उनले भने,‘रक्तश्राव अत्याधिक भएपछि मृत्यु भयो ।’

शाहीको मृत्यु भएपनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए ।