काठमाडौं, (नेस)
दोस्रो टु अल एसियन च्याम्पियनसिपमा उसु खेलाडी शंकर भुजेलले कांस्य पदक जितेका छन्।इरानको मशाद शहरमा भएको खेलमा उसु खेलाडी भुजेलले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो। तर सेमिफाइनलमा भुजेल इरानी खेलाडीसँग पराजित हुदै कांस्य पदकमा चित्त बुझाए।
टोली प्रमुख राजिव महर्जनका अनुसार अन्य दुई नेपाली खेलाडी वीरमान लामा २–१ इरान खेलाडीसँग र बद्री थापा पनि २–० अफगानिस्थानको खेलाडीसँग पराजित भए। आज त्यहाँबाट खेलाडीहरू नेपाल फर्किने प्रमुख महर्जनले बताए।











प्रतिक्रिया