रुकुम पश्चिमको समानुपातिक मत गणना यकियो, माओबादी केन्द्र पहिलो

0
Shares

धनवीर दाहाल, रुकुम पश्चिम ।
मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा मतदानको समानुपातिक तर्फको मतगणना सकिएको छ । रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ पनि समानुपातिकमा माओबादी केन्द्र पहिलो भएको छ । प्रतिनिधि सभा तर्फ माओबादी केन्द्रले २७०६१ मत प्राप्त गरेको छ ।

यसै गरी नेपाली कांग्रेसले १४०५५ र नेकपा एमालले ७२४६ मत प्राप्त गरेको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । यस्तै नेकपा मालेले ४६१ र नयाँ शक्तिले ३१५ मत प्राप्त गरेको छ । प्रतिनिधि सभा तर्फ कुल खसेको ५४८४३ मत मध्य ४९१६ मत बदर भएको निबार्चन अधिकृतको कार्यालयले जनाएको छ । कुल सदरमत ४९९२७ रहेको छ ।
यसै गरी प्रदेश सभा तर्फ पनि माओबादी केन्द्रले २५४९३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १३०१५ र नेकपा एमालेले ६८४६ मत प्राप्त गरेको छ । यसै गरी गरी साना दलहरुले पनि थोरै मत प्राप्त गरेका छन् । प्रदेश सभा तर्फ पनि कुल ५४८४३ मत खसेको थियो । त्यस मध्य ८२४४ बदर भएको थियो भने ४६५९९ मत सदर भएको थियो ।

अधिकांश मत बाम गठबन्धनको बदर भएको पाइएको छ । मतदातालाई दलहरुले बुझाउन नसक्दा बदर मत धेरै भएको हो । बाम गठबन्धन भित्रका एमाले र माओबादी केन्द्रले बिशेष गरी मतदातालाई मतदाता शिक्षा दिन नसक्दा उनीहरुको मत बढी बदर भएको छ । दुवै दल मिलेकोले दुवै दलको चुनाव चिन्ह सुर्य र गोलाकारभित्रको हसिया हतौडालाई मत हाल्नुपर्छ भन्ने मतदाताको बुझाइ भएकोले अधिकांश मत दुवै चिन्हमा परेको बताइएको छ ।