सहकर्मीको हत्या


नयाँदिल्ली, (एजेन्सी)
१ जना भारतीय अर्धसैनिक जवानले मध्य भारतस्थित १ शिविरमा आफ्ना ४जना सहकर्मीलाई गोली प्रहार गरी हत्या गरेका छन्। केन्द्रीय आरक्षण प्रहरी फौज (सीआरपीएफ) को ती सैनिकले भनाभन परेपछि अचानक गरेको सो आक्रमणमा अन्य एकजना गम्भीर घाइते भएका छन्। छत्तिसगढ राज्यको बिजापुर जिल्लाको बासुगुडा शिविरमा स्थानीय समयअनुसार शनिबार बिहान करिब ५ बजेर १५ मिनेट जाँदा यो घटना घटेको थियो। प्रहरीले ती ३५ वर्षीय सानाथ कुमार नामक व्यक्तिलाई एके–४७ एसल्ट राइफलसहित पक्राउ गरेको छ।