ज्ञवालीलाई अंगालो मार्दै बधाई दिए भण्डारीले

0
Shares

अनिल खत्री, गुल्मी
दोस्रो संविधानसभा अर्थात् २०७० मा भएको निर्वाचनमा पराजय भोगेलगत्तै नेकपा एमालेका नेता ज्ञवालीले त्यति बेला स्टाटसमा लेखेका थिए– ‘संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मेलीबासीप्रति आभार व्यक्त गर्दछु।’

‘मलाई आशिष दिने वृद्ध बुवाआमाहरू हामीमा आफ्नो भविष्य नाच्ने रमाउने साना नानीहरू, ज्यान हत्केलमा राखेर खटेका युथफोर्सका साथीहरू, कला गलाले साथ दिने कलाकारहरू, काठमाडौं, बुटवल र प्रवासी साथीहरू तपाईंहरूलाई म सधै मिस गरिरहने छु।’

‘यो यात्रा हो जुन निरन्तर जारी रहने छ। गुल्मीको विकास र गुल्मेलीबासीहरूको दुःख सुखमा मेरो उपस्थिति सधैं पाउनुहुनेछ। यो प्रतिकूल परिणमको सम्पूर्ण जवाफदेही म लिनेछु। सायद उमेदवारको रूपमा ममा नै कमी थियो कि ? निरास नबनौ एक छिन डाँडापारी लुकेको सूर्य फेरि उदाउने छ।’ उनको यो स्टाटसमा निकै महानता, आत्मीयाता र भावुकता लुकेको छ। हामीले देखेका थियौं ज्ञवालीको पराजयसँगै उनका कार्यकर्ता त्यही स्टाटस पढ्दै डाँको छोडिरहेका थिए।
नेता ज्ञवालीले राजनीति निरन्तर यात्रा हो। नेपाली कांग्रेसका नेता तथा अहिलेको १ नम्बर क्षेत्रका उमेदवार चन्द्र भण्डारीले पनि आज त्यही महानता देखाए। विजेता प्रदीपकुमार ज्ञवालीलाई अंगालो मारेर आत्मीयता साट्दै बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।

रेसुंगा नगरपालिकाले विजयी प्रदेश र केन्द्रका सासंदहरूलाई आयोजना गरेको सम्मान कार्यक्रममा निकै भावुक हुँदै नेता ज्ञवालीले भने– ‘अघि बिहानसम्म हामी पक्ष र विपक्ष थियौं तर अब कोही पक्ष र विपक्ष छैनौं, देश बनाउने मामिलामा हामी सँगै छौं।’ उनले लोकतन्त्रमा हार जित स्वाभाविक भएको भन्दै कोही बढी उत्साहित र कोही बढी निराश हुन नहुने आशय प्रकट गरे।

जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएपछि जिल्ला वाम पन्थीको लालकिल्ला भएको छ। २०५६ साल र २०६४ सालसम्म पनि लालकिल्ला नै रहेको थियो। नेपाली कांग्रेसका ती नेता हुन् जसले झन्डै २० वर्षपछि चन्द्र भण्डारी र कृष्णप्रसाद छन्त्यालले आफूहरूको विरासत २०७० मा आएर फर्काएका थिए।