ताप्लेजुङमा समानुपातिकतर्फको मतगणना सुरु, ३६ घण्टामा गणना सकिने

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङमा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा मतगणना सुरुभएको मुख्य नर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो ।

आईतबार विहान नौ बजेबाट मत गणना सुरु भएको कार्किको भनाई छ । शुक्रबार राति शनिवार विहान प्रत्यक्ष तर्फको मतगणना सकिएको र एक दिन कर्मचारीलाई आराम गराएर पुन आईतबार विहान नौ बजेबाट मतगणना सुरु गरीएको हो ।

५१ हजार ७ सय ९४ मत खसेको र अहिले सम्मको गणनाको रफ्तारलाई हेर्दा प्रति घण्टा १५ सय मत गणना भईरहेको मुख्य निर्वाचन अधिकृत कार्किले बताउनुभयो । यसै अनुरुप गणना भए ३५÷३६ घण्टामा गणना सकिने उहाँको भनाई छ ।

समानुपातीकमा एउटै मतपत्रमा दुई ठाउँ मतदान गरीएको हुँदा गणना गर्न केहि ढिला हुने मुख्य निर्वाचन अधिकृत कार्यको भनाई छ । यस अघि प्रत्यक्ष तर्फको गणना भने ताप्लेजुङमा छिटो सम्पन्न भएको थियो ।

समानुपातिक तर्फ ताप्लेजुङबाट विभिन्न दलका २१ जना उम्मेदवारको सुचि पाटिहरुले सार्वजनिक गरीसकेका छन् । प्रत्यक्ष तर्फको मत गणना पछि विजयी उम्मेदवारले सदरमुकाममा विजय उत्सब समेत मनाईसकेका छन् ।