रौतहटमा कांग्रेस र फोरमका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर



रौतहट (नेस) ।
रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको हो ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्