प्यूठानका दुवै प्रदेश सभामा वामगठबन्धनको जित

0
Shares

सलिम अन्सारी, प्यूठान ।
जिल्लाको दुइ वटै प्रदेश सभामा संयुक्त बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।उनिहरुले भारी मतान्तरका साथ प्रदेशसभा सदस्यमा जित हासिल गरेका हुन।

एउटा प्रतिनिधी सभा र दुइवटा प्रदेश सभा गरि तीन सिट रहेको प्यूठान जिल्लामा प्रदेश सभा (क) बाट नेकपा एमालेका हरि प्रसाद रिजाल र प्रदेशसभा (ख)तर्फ माओवादी केन्द्रका कृष्णध्वज खड्काले बाजि मारेका हुन् । रिजालले २४ हजार ७ सय ३४ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक प्रसाद भण्डारीले १२ हजार ६३८ मतमा चित्त बुझाउनुपर्यो । रिजालले १२ हजार ९६ मतले भण्डारिलाइ पछि पारेका हुन् । उनले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरेका थिए।

त्यस्तै प्रदेश सभा (ख) मा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का झण्डै दोब्बर मतान्तर सहित विजय भए।
४७ हजार ७ सय २९ मत खसेकोमा उनले २७ हजार ९ सय १० मत ल्याएर जितेका हुन् । नेपाली काँग्रेसका अमर भण्डारीले १४ हजार १६६ मात्र पाए । १३ हजार ७ सय ४४ को फराकिलो मतान्तरमा खडका बिजयि भएका हुन। प्रदेशसभा (क) मा २ हजार २ सय ३५ मत र प्रदेशसभा (ख) मा २ हजार ९ सय ३१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

। प्रदेश सभा तर्फ विजयी दुवै उम्मेदवारहरुलाई जिल्ला समन्वय समिति खलंगाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी आजै प्रमाणपत्र प्रदान गरिएको छ। प्रतिनिधीसभा तर्फको मतगणना जारी नै छ।

यहाँ मतगणनाको सुरुवात देखि नै बाम गठबन्धन कि उम्मेद्धवार दुर्गा पौडेलेको अग्रता अझै कायमै छ । काङ्ग्रेसका गोबिन्दराज पोख्रेल उनलाइ भेटाउने कसरतमा छन।