दुई मतले हार्ने निश्चित भएपछि प्रदिपले गरे पुनः मतदानको माग



तनहुँ (नेस) ।
तनहूँ क्षेत्र २ प्रदेश सभा क का नेपाली काँग्रेसका उम्मेदवार दुइ मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्।

प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले दुइ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन्।

ुपछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो। पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको कारणले गर्दा उनले असहमति जनाएका हुन ।

उम्मेदवार पौडेलले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै लिखित निवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्