हारको संघारमा बरिष्ठ नेता रामचन्द्र पौडेल



नेपाल समाचारपत्र, तनहुँ ।

तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार लगभग निश्चित जस्तो नै भैसकेको अवस्था छ । उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्।

हारसँगै उनको तनँहुको राजनीतिक विरासत पुर्णाविराम लाग्ने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६, २०६४ र २०७० मा उनी क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपटक निर्वाचन क्षेत्र निर्धारण पछि उनी तनँहु १ बाट उम्मेद्वार बनेका थिए। तर यसपटक वाम गठबन्धनको चुनावी लहरले पौडेललाई बगाउने निश्चित देखिएको छ।

पछिल्लो मतपरिणामका अनुसार बाम गठबन्धनका उम्मेद्वार कृष्णकुमार श्रेष्ठभन्दा पौडेल ५५२४ मतले पछाडि परेको अवस्था छ । श्रेष्ठको मत २९ ३ ८१ छ भने पौडेलको मत २३८५७ रहेको छ। त्यहाँ ६८ हजार मत खसेको थियो र अब भने १० हजार मत मात्र गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यस्तो खालको मतपरिणाम देख्दा सामान्य आंकलन गर्दा पनि उनको हार निश्चित नै भैसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्