गुल्मी जिल्ला लाल किल्ला, ज्ञवाली र बिष्टको तेस्रो यात्रा

0
Shares

अनिल खत्री, गुल्मी ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सम्पन्न मत परिणाममा गुल्मीका बामपंथीमय भएको छ । जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामा कामगठबन्धनका उम्मेदवारहरु निर्वाचित भएपछी जिल्ला बामपन्थीको लाल किलला भएको छ ।

गुल्मी क्षेत्र नं. १ बाट एमालेका सचिव प्रदिप ज्ञवाली प्रतिनिधि सभा र प्रदेश सभाका २ वटै प्रदेश सभामा पनि बाम गठबन्धनले जित हार पारेको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा माओवादीका सुर्दश बराल र २ नम्बर क्षेत्रमा कमराज श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामा ज्ञवालीसँग काँग्रेका चन्द्र भण्डारी पराजित भएका छन् । प्रदेश सभा १ तर्फ सुर्दशन बरालसँग काँग्रेसका पृथ फौजदार पराजित भएका छन् । त्यस्तै क्षेत्र नं. २ का कमलराज श्रेष्ठसँग काँग्रेसका धनेन्द्र कार्की पराजित भएका छन् ।

क्षेत्र नं. २ मा पनि प्रतिनिधी सभा प्रदेश सभामा बाम गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधी सभामा एमालेका गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

बिष्टसँग काँग्रेसका चन्द्र केसी पराजित भए । त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ मा एमालेका खडग केसी निर्वाचित भएका छन् । केसीसँग काँग्रेसका शालिक पन्थी पराजित भए ।

क्षेत्र नम्बर २ मा माओवादीका दिनेश पन्थी निर्वाचित भए । पन्थीसँग काँग्रेसका छन्दबहादुर पहराई पराजित भए ।

०५१ पछी बाममय

०५१ सालमा एमालेले साबिकका ३ वटा निर्वाचन क्षेत्रमा एमाले जित हात पारेको थियो । तिनवटै निर्वाचन क्षेत्रमा एमाले जित हात पारेपछी जिल्ला एमालले लाल किल्ला बनाएको थियो ।

०५६ सालमा सम्पन्न निर्वाचनमा भने एमालले २ वटा निर्वाचन क्षेत्रमा जित हार पारेको थियो । उक्त निर्वाचनमा १ क्षेत्रमा काँग्रेसले जित हातपारेको थियो । ०६४ सालमा सम्पन्न निर्वाचनमा ३ वट निर्वाचनमा क्षेत्रमा २ निर्वाचन क्षेत्रमा माओवादी र १ निर्वाचन क्षेत्रमा एमाले जित हातपारेको थियो ।

०७० सालमा सम्पन्न निर्वाचनमा ३ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र १ निर्वाचन क्षेत्रमा एमाले निर्वाचित भएका थिए ।

बिष्ट र ज्ञवालीको ३ पटक निर्वाचित यात्रा

गुल्मीबाट निर्वाचित भएका एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जिल्लाबाट ३ पटक निर्वाचित जनप्रतिधी बनेका छन् । ज्ञवाली ०५६ साल ०६४ सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए ।

बिष्ट ०५६ साल ०७० सालमा सम्पन्न निर्वाचनमा गुल्मी ३ बाट निर्वाचित भएका थिए । ज्ञवाली र बिष्टको गुल्मीबाट निर्वाचित हुने अबसर तेश्रो यात्रा बनेको छ । ज्ञवाली र बिष्ट एक पटक मन्त्री समेत बनेका छन् ।

श्रेष्ठ र बरालको दोश्रो यात्रा गुल्मी

प्रदेश सभामा निर्वाचित एमालेका कमलराज श्रेष्ठको जनप्रतिनिधी बन्ने दोश्रो यात्रा बनेको छ । श्रेष्ठ ०५१ सालमा सम्पन्न निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए ।

त्यस्तै प्रदेश सभामा निर्वाचित माओवादीका सुर्दशन बरालको पनि गुल्मीबाट दोश्रो यात्रा बनेको छ । बराल ०६४ सालमा सम्पन्न पहिलो संबिधा सभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए ।