दैलेखमा बामगठबन्धनको वर्चस्व

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दुई वटा प्रतिनीधि सभा र चार वटा प्रंदेश सभा रहेको दैलेखमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । दैलेखको २ वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम अनुसार ६ वटै क्षेत्रमा बामगठबन्धनकै उम्मेदवार विजयी भएका हुन्. ।

सार्वजनिक मत परिणाम अनुसार सबै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले एकलौटी जित हात पारेको छ । दैलेख प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा बामगठबन्धनका उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका रविन्द्रराज शर्माले २३ हजार ७ सय ७३ मतका साथ विजय भएका छन् । उनले निकट्तम प्रतिद्धन्दी राप्रपाका दिपक कुमार शाहीलाई ६ हजार ५ सय २१ मतको भारी अन्तरले पराजित गरेका छन् । निकट्तम प्रतिद्धन्दीको रुपमा रहेका शाहीले १७ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा एमालेकै राज बहादुर बुढाले उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका शिवराज जोशीलाई ६ हजार ६ सय ८९ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । बुढाले २३ हजार ३ सय २३ मत प्राप्त गरेका छन् भने जोशीले १६ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् ।

चारवटै प्रदेशमा बामगठबन्धनको जित
दैलेख क्षेत्र नं. १ को प्रदेश (क) को अन्तिम मत परिणाम अनुसार सयुक्त बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धर्मराज रेग्मी विजयी भएका छन् । उनले १० हजार ३ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिशपर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण कुमार विसीले ८ हजार ७ सय ६५ मत प्राप्त गरेका छन् ।

रेग्मीले १५ सय ९६ मतको फराकिलो अन्तरले नेपाली काँग्रेसका जिल्ला सभापती रहेको कृष्ण कुमार विसीलाई पराजीत गरेका हुन । दैलेख क्षेत्र नं १ को प्रदेश सभा (ख) बाट बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका अम्मर बहादुर थापा १२ हजार ५ सय ६७ मतका साथ विजयी भएका छन् । थापाले उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका जगतजंग थापालाई १९ सय ८३ मतको फराकिलो अन्तरले पछि पार्दै जीत हात पारेका हुन् ।

थापा यस अघि २०७० मा भएको संविधान सभाको निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली काँग्रेस दैलेखका पुर्वसभापती जगतजंग थापाले कुल १० हजार ५ सय ८४ मत प्राप्त गरेका छन् ।

दैलेख क्षेत्र नं. २ मा नेकपा एमालेका यूवा नेता तथा बाम गठबन्धनका उम्मेदवार सुशिल थापाले २ हजार ७ सय ८६ मतको फराकिलो मतान्तरले उनका निकट्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका मधुविक्रम खनाललाई पछि पार्दै जित हाँसिल गरेका छन् । थापा निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट ११ हजार ८४ मतका साथ विजयी भएका हुन् । थापा संग पराजीत भएका मधुविक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गरेका छन ।

दैलेख क्षेत्र नं. २ (ख) मा पनि बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेको नेकपा एमालेका राजबहादुर शाहीले उनका निकट्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीलाई २ हजार ९ सय ८९ मतको फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका छन् । उनले कुल ११ हजार ४ सय ४५ मतका ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका दिक्पाल कुमार शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरेका छन ।