दूत उत्तर कोरियामा


सोल, (एजेन्सी)
राष्ट्र संघ राजनीतिक मामिला प्रमुखले यसै हप्ता उत्तर कोरियाको भ्रमणका क्रममा कोरियाली प्रायद्विपको तनाव मत्थर पार्ने इच्छा व्यक्त गरेको उत्तर कोरियाली सरकारी सन्चार माध्यमले जनाएको छ। उत्तरको क्षेप्यास्त्र तथा परमाणु हतियार कार्यक्रमलाई लिएर तनावको स्थिति उत्कर्षमा पुगिरहेको बेला राष्ट्र संघका प्रतिनिधि प्योङयाङ पुगेका हुन्। उत्तर कोरियाले जारी गरेको विज्ञप्तीमा राष्ट्र संघका दूत जेफ्रे फेल्टम्यानले उत्तर कोरियामाथि लगाइएका नाकाबन्दीले मानवीय सहायतामा नकारात्मक प्रभाव पारेको स्वीकार गरेको उल्लेख गरिएको छ। फेल्टम्यान सन् २०१२ पछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो उच्च पदाधिकारी हुन्।