पाँचथरमा एमालेका बसन्त नेम्बाङ बिजयी

0
Shares

गणेश साम्पाङ, पाँचथर । मंसिर १० गते सम्पन्न भएको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अन्र्तगत शनिबार सम्पन्न मतगणणाको अन्तिम परिणाम अनुसार बामगठबन्धन तर्फका एमालेका बषन्तकुमार नेम्बाङ १० हजार बढी मतान्तरले बिजयी हुनु भएको छ ।
नेम्बाङले ३८ हजार छ सय ४१ मत र वहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काग्रेसका भिष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गर्नु भएको थियो । यस्तै संघिय समाजबादी फोरमका प्रेमराज लावतीले १ हजार ९ सय ९४ मत प्राप्त गर्नु भएको थियो ।
बिजयी नेम्बाङले १० हजार छ सय १६ मतले प्रतिद्वन्द्वि आङदेम्बेलाई पछि पार्नु भएको थियो । खसेको ७७ हजार ९सय १३ मतमा ५ हजार ७ सय ३१ मत बदर भएको पाँचथरका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताउनु भयो ।