एमालेका बल्देभ रेग्मी प्रदेश सभासदस्यमा निर्वाचित

0
Shares

दयाराम पण्डित, बाजुरा ।
नेकपा एमालेका बल्देभ रेग्मी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगत९८४० मत प्राप्त गरी प्रदेश सभा सदस्य मा विजयी हुनुभएको छ । नेपाली कांगे्रसका उम्मेदवार जनकाराज गिरी लाई १५३९ मतले पछि पार्दै रेग्मी विजयी भएका हुन् ।

कुल खसेको सदरमध्ये सुर्य चिन्ह लिई नेकपा एमालेका उम्मेदवार रेग्मीलाई प्रदेश सभासदस्य निर्वाचित भएको मुख्य निर्वान को कार्यलय बाजुराले जनाएको छ । रेग्मी नेकपा एमाले जिल्ला कमिटी सचिव पनि हुनुन्छ । प्रदेश सभा क्षेत्र नं एक क मा १९ हजार मत खसेका थिए ५४१ मत बदर भएका छन् ।

मंसिर १० गते सम्मपन्न पहिलो चरणको निर्वाचनको पछिल्लो मतगणनाको मत परिणाम अनुसार ः नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधि सभा सदस्यका उमेदवार कबिराज पण्डितले १०६३५ मत प्राप्त गरेका छन् बाम गठबनधनका उम्मेदवार लालवहादुर थापाले १०७६१ मत प्राप्त गरी १२६ मतले भरखर अग्रता लिनुभएको छ । मत प्राप्त गरेका छन् भने नयां शक्तीका उम्मेदवार दिलीप शाहीले ३५३ मत प्राप्त गर्नु भएको छ ।

प्रदेश क्षेत्र नं २ मा बाम गठबन्धनका प्रकाश शाहले १००८१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका पदम बाहुर शाहीले ७३६८ मत प्राप्त गर्नुभएको छ । नयांशक्तीकी जयलक्षमी जैशीले ६१ मत प्राँप्त गर्नुभएको छ हिजो बेुकी पांच तिसवाट सुरुभएको मतगणनाको परिण्म चार बजे सम्म झण्डै अठार प्रतिसत मत गणना भएको छ । संघ र प्रदेश गरी जम्मा ११ सय ८ मत बदर भएका छन् ।

पहिलो निर्वाचित हुने प्रतिनीधि सभा, प्रदेश सभा एक र दुुई गरी तिन ओटै पतिनीधिको अलग अलग मतगणना गरिएको छ । मतगणना स्थलको कडा सुरक्षा गरिएको छ । प्रदेश सभासदस्य रेग्मी निर्वाचित भएपछि अहिले एमाले कार्यकर्ताले सदरमुकाम मार्तडीमा बिजय ¥याली निकाछन् ।