सल्यानमा बेलुका ५ बजेपछि मात्र मतगणना हुने

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा आज बेलुकाबाट मात्र मतगणना हुने भएको छ । १ सय ८० मतदानकेन्द्र रहेको सल्यानमा ५९ मतकेन्द्रबाट मतपेटिका नआएका कारण बेलुका ५ बजेपछि मात्रै मतगणना हुने भएको मुख्य निर्वाचन अधिृकतको कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनु पर्ने भएकाले मतगणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले बताउनु भयो ।

यस्तै मतगणना हुने जिल्ला प्राविधिक कार्यालयको इन्जिनियर भवनमा सिसिक्यामेरा र तारजालीको व्यवस्था गरिएको छ । मत गणनालाई सुरक्षित गर्ने उद्देश्यका साथ तारजाली र सिसि क्यामेरा जडान गरिएको धामीको भनाई रहेको छ । उम्मेदवारहरुकै सहमतिमा तारजाली र सिसिक्यामेरा जडान गरिएको उहाँले बताउनु भयो ।

१ लाख ३४ हजार १ सय १३ मतदाता रहेको सल्यानमा ८३ हजार ३ सय ९८ मत खसेको छ । सल्यानमा पुरुषको तुलनामाकहिलाले बढि मतदान गरेका छन् । जिल्लामा ३६ हजार ७ सय १६ पुरुष र ४६ हजार ६ सय ८२ महिलाले मतदानमा सहभागिता जनाएका छन् ।