चरम विवादकाबीच पनि सुरु भयो ललितपुरको मतगणना

0
Shares

ललितपुर, (नेस) ।
ललिपुर जिल्लाको मतगणना सुरु हुन केहि ढिला भएको छ । मतपेटिका ल्यउँदै गर्दा बाटैमा बिग्रिएपछि मतपेटिका राति २ बजे मात्रै केन्द्रमा ल्याइएको थियो । सो कारणले मतगणनामा हुन ढिला भएको ललितपुर क्षेत्र नं १ बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार नवराज सिवालले जानकारी दिएका छन् ।

भौगोलीक विकटताकाको कारण देखाउँदै मतपेटिका समयमा ल्याउन नसकिएको उनको भनाइ छ । तर उनका प्रतिस्पर्धी नेपाली कांग्रसका प्रतिनिधिसभा उम्मेदवार उदय शमेशर राणाले बाटोमा धांदली गरेको आरोप लागाएपछि मतगणना हुन सकेको छैन् ।
विवाद सामान्य हुँदै गएपछि मतगणना सुरु भएको बताइएको छ ।
त्यस क्षेत्रमा पूर्व डिआइजी समेत रहेका एमालेका नवराज सिवाल र कांग्रेसका उदय शमशेर राणा बीच उच्च प्रतिस्पर्धा हुने बताइएको छ ।