रुकुम पुर्वबाट माओबादी केन्द्रको बिजयी सुरुवात, नयाँ जिल्लालाई नमुना बनाउने प्रतिबद्धता

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वमा बाम गठबन्धनका साझा उम्मेदार भारी मतका साथ बिजयी भएका छन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका साझा उम्मेदवार माओबादी केन्द्रकी नेतृ कमला रोका एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको रुकुम पुर्वबाट १०४३४ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०१ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रका तेजबहादुर ओलीले ५४२७ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका द्रुतबहादुर पुनले ३१४४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा क्षेत्र नं २ मा पनि नेकपा माओबादी केन्द्रका पुर्णबहादुर घर्तीले ५८१६ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका दत्तबहादुर बस्तेतले ३१११ मत प्राप्त गर्नुभएको छ । रुकुम पुर्वमा २७९२८ मतदाता मध्य १८११४ मत खसेको थियो । ११८८ मत बदर भएका थिए । जम्मा १६९२६ सदर मत रहेका थिए । रुकुम पुर्वमा नयाँ जिल्ला भएकोले नयाँ जिल्लालाई नमुना बनाउने उद्घोष नवनिबार्चित जनप्रतिनिधिहरुले गरेका छन् ।

यस्तो छ नवनिर्बाचित जनप्रतिनिधिहरुको बिगत र आगामी योजना

नाम: कमला रोका, प्रतिनिधि सभा सदस्य रुकुम पुर्व

सिस्ने गाउँपालिका वडा नं. २ रुकुम पुर्वकी कमला रोका २०५१ साल फागुन १ गते पहिलो महिला छापामारको रुपमा लड्नुभयो । उहाँ तत्कालिन माओवादीको १० वर्षे जनयुद्धका क्रममा भुमीगत हुनुभएको थियो । रोका लाई २०६४ सालमा जमुना प्रहरी बाँकेले नियन्त्रणमा लिई दुई हप्ता पछि रिहाई गरेको थियो । उहाँ २०६३ मा अन्तरिम विद्यायक पनि पनि बन्नुभएको थियो ।

गणतन्त्रपछिको पहिलो २०६४ सालमा भएको निर्वाचनमा रोका समानुपातिक सभाषद् हुनुभयो । २०६९ देखी ०७० साल सम्म उहाँ युवा तथा खेलकुद मन्त्री हुनुभयो । पार्टीमा लामो समय खटिएर लाग्नुभएकी रोका संघर्षसिल महिला नेतृको रुपमा चिनिनुहुन्छ । नेकपा माओबादी केन्द्रकी नेतृ रोका बाम गठबन्धनको साझा उम्मेदवार भई प्रतिनिधि सभा सदस्यका लागी रुकुम पुर्वबाट बिजयी हुनुभएको छ ।

नयाँ जिल्ला भएकोले पनि रुकुम पुर्वमा गर्नुपर्ने काम धेरै छन् । रुकुम पुर्वका केही दुर्गम बस्तीहरुमा यातायात पुर्याउने तथा यातायात पुगेका सडकको स्थर उन्नती गर्ने नवनिबार्चित प्रतिनिधि सभा सदस्य रोकाको प्रतिबद्धता छ । प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्ष्ोत्र रहेको रुकुम पुर्वमा २७९२८ मतदाता रहेका छन । एक निर्वाचन क्षेत्रमा ३ दल, बामगठबन्धन, नेपाली कांग्रेस र नयाँ शक्ति नेपालबाट गरी ३ जनाको उम्मेदवारी परेको थियो ।

नाम : तेजबहादुर ओली , प्रदेश सभा क्षेत्र नं १ रुकुम पुर्व

२०४६ सालमा अखिलको सदस्यता लिएका ओली २०४८ मा जिल्ला सदस्य २०५१देखी २०५४ सम्म अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए । २०४८ मा पार्टी सदस्यता लिएका ओली २०५१मा माओबादी एरिया संयोजक २०५२मा पार्टी जिल्ला सदस्य २०५४ मा दाङ,सल्यान र प्युठानको सचिबालय सदस्य भए ।

यसै गरी २०५६ मा जुम्ला, मुगु र कालीकोट जिल्ला सेक्रेटरी भए । यसै गरी २०५७ क्षेत्रीय ब्युरो सदस्य भेरी कर्णाली ब्युरो तथा २०६०देखि केन्द्रीय सदस्य छन् । हाल केन्द्रीय सचिबालय सदस्य रहेका उनी रुकुम पुर्वको इन्चार्ज समेत हुन् ।उनी नौमुले, पान्डुसेन, दाङ, अर्घाखाँची, म्यागदी, जुम्ला, पाल्पा, अछाम, खारा२, पिली, लगायत ठुला फौजी कार्बाही मा नेत्रीत्व,सुनवल लगायत दर्जनौ एम्बुस र भिडन्तमा परेका हुन् ।

नाम: पुर्णबहादुर घर्ती
उम्मेदवार: प्रदेश सभा क्षेत्र नं २ रुकुम पुर्व

माओबादी जनयुद्धका बेला रुकुमको पहिलो जनसरकार प्रमुख भएका घर्तीले जनसत्तामार्फत गरेका कामको अहिले पनि प्रशंसा हुने गरेको छ । विकास निर्माण, घरजग्गाा पास, न्यायजस्ता कामबाट त्यतिबेला जनताले ठूलो राहत महसुस गरेको थिए । हाल सोही पुर्वी रुकुम क्षेत्र नं २ का उम्मेद्वार बनेर गाउँ–गाउँमा पुगेका घर्तीलाई जनताले जनसरकार प्रमुख हुने बेलाजस्तै मुख्यमन्त्री भएर विकास निर्माण, न्याय, समाजसेवा गर्न आग्रह गरिरहेका छन् ।

साविक चुनबाङ– ६ लाखरपेदीचौर हाल भूमे गाउँपालिका वडा नं ९ रुकुममा २०२४ असार २९ गते उनको जन्म भएको हो । उनी २०३६ सालको राजनीतिक प्रभावबाट प्रेरित भई राजनीतिमा आबद्ध भएको पाइन्छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लवलाई नै तत्कालीन मशालको गाउँ पार्टीमा रुपान्तरण गरी उहाँ तत्कालीन चुनबाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बनेका थिए ।

उनले २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेर राजनीतिक जीवनको औपचारिक यात्रा प्रारम्भ गरेका थिए भने २०४१ सालमा तत्कालीन मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए । २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष भएर पूर्णकालीन सदस्यता पनि प्राप्त गरेका उनी हालसम्म पूर्णकालीन रुपमा राजनीतिमा संलग्न छन् । सांस्कृतिक फाँटमा मात्र हैन उहाँले संगठनमा पनि महत्वपूर्ण भूमिका निभाउनु भयो ।

२०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्रअन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहेका उनी हाल नेकपा माओवादी केन्द्र ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य छन् ।