रारा–खप्तड पर्यटकीय पदमार्गको लेखाजोखा हुँदै

0
Shares

दयाराम पण्डित, बाजुरा

पर्यटकीय सम्भावना बोकेको रारा–खप्तड पदमार्गको लेखाजोखा गर्न थालिएको छ। प्राकृतिक एवम् धार्मिक महत्त्व बोकेका यी क्षेत्रको पहिचान हुन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अडिटिङ हुन लागेको नेपाल पर्यटन बोर्डका एक अभियान्ता प्रनिल कुमार उपाध्यायले बताउनुभयो। यस वर्ष नेपालका पाँंच पर्यटकीय स्थानमध्ये रारा–खप्तड पर्यटकीय पैदलमार्ग पनि सूची परेको छ। विगतको तुलनामा यस वर्ष पर्यटकको आवागमन बाक्लो हुंँदै गएको छ।

पर्यटन भित्र्याउन मुख्यतया आवास, सुरक्षा र बाटोको अवस्था राम्रो हुनुपर्नेमा जोड दिनुभएको छ। बडिमालिका नगरपालिकाको कार्यकक्षमा भएको अन्तत्र्रिmया कार्यक्रमका सहभागीले ताल्चा मुगुदेखि खप्तड बाजुरासम्मको पैदलयात्राका सम्भावना र चुनौतीका सवालमा छलफल गरेका थिए।

मुगुदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म जम्मा ९४ किलोमिटरको दूरीका बीचमा बासस्थान र सुरक्षाको अभाव देखिएकाले सोको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए। त्यस्तै पैदल यात्राका लागि कर्णाली नदीको झुँगलादेखि धिम फैती हुँदै बूढीनन्दा पाटन र नुरीकांद तीगोठी कैलाश र पोरखे गढीमा बासस्थान हुनसक्ने सहभागीले बताएका छन्।

त्यस्तै पोरखेगढीबाट बडिमालिकाका २२ पाटन त्रिवेणी धाम र बडिमालिका मन्दिरको दर्शन गरी सदरमुकाम मार्तडीमा होमस्टेमा रमाउन सक्ने वातावरण तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ।
मार्तडी होमस्टे भिलेज निर्माण गरी बाजुराका कल्चरल कार्यक्रम देखाएर पर्यटकलाई लोभ्याउन सक्ने हुंँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताएको छ।

यस्तै बुढाकोर्द मालिका केबुलकार, मालिमका नाटेश्वरी सिढीको पैदल यात्रा गरी मौरे हुँंदै थामलेख भएर खप्तडको यात्रा तय गर्न सकिने बताइएको छ। पर्यटकका लाागि सुधारिएको चुलो , सफा बाटो, गुणस्तरीय सञ्चार सुविधा न्यूनतम आवश्यकता रहेको बताइएको छ। तत्काल आवश्यक पूर्वाधार निर्माण गर्नसके वार्षिक हजारौं पर्यटक रारा–खप्तडमा आउने वातावरण तय हुने देखिन्छ ।