तार बार र सिसी क्यामेराको निगरानीमा मतगणना हुने

0
Shares

सिर्जना पन्त, बागलुङ ।

पहिलो चरणमा भएको मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनको मतगडना कडा सुरक्षा व्यवस्थाको साथ बिहीबार ५ बजेबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले मतगणनाका लागि सिसि क्यामेरा जडान, तारजाली गरी आवश्यक तयारी सम्पन्न गरिसेको भन्दैं निकै कडा सुरक्षा व्यवस्थाको साथमा मतगणना हुने बताएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेर मतगणनाको सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

पहिलो चरणमा ३२ जिल्ला अन्तर्गत बागलुङमा भएको मतदानको अन्तिम नतिजाका लागि राजनीतिक दलका उमेदवारहरु तिब्र प्रतिक्षामा बसेका छन् । मतगणना गर्दा कुनै किसिमको अबरोध नहोस भनेर मतगणना स्थलमा ७ वटा सिसि क्यामेरा तथा तारजाली लगाइएको छ । जिल्लाका प्रतिनिधि सभाका दुई क्षेत्र र चार प्रदेश क्षेत्रको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलिय प्रतिनिधिहरु त्यस बाहिर राखेर गणना गर्ने गरि आवश्यक व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत प्रकास प्रसाद पण्डीतले बताउनुभयो ।

मतदान शान्तिपुर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका सिसि क्यामेरा जडान तथा तारबार जाली लगाइएको निर्वाचन कार्यालयले बताएको छ । सिसि क्यामेराको निगरानी तथा तारवार जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने बताइएको छ । मंसिर १० गते पछी जिल्ला समन्वय समितिको हलमा कडा सुरक्षको वीचमा स्टोर गरिएको छ । मत पेटिका भण्डारण गरेको स्थलमा पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ ।

मत पेटीका उच्च सुरक्षामा हुदा हुदै पनी दलका प्रतिनिधिहरुमा महिलाले दिउपनि आलोपालो मत पेटीका कुदै आएका छन् । उनिहरुले सुरक्षा संयन्त्रको विस्वास हुदाँ हुदैँ पनि आत्म विस्वासका लागि मत पेटीका कुदै आएको दलका प्रतिनिधिहरुले बताएका छन् । यसरी रातदीन मत पेटीका कुर्ने विभिन्न दलका प्रतिनिधिहरुलाई भने चिसोले समाउन थालेको छ । बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठवन्धन बनाएर एकतावद्ध रुपमा चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र बामगठवन्धनबाट एमालेका सुर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका दिपेन्द्र थापा र गठवन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन् । प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र बाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा गरी जिल्लामा २६ जना चुनावी प्रतिस्पर्धामा छन् ।