शम्भुजित हङकङमा सम्मानित

0
Shares

चाँगे धर्ती आमा कोष, हङकङले हङकङमै आयोजित एक कार्यक्रमका बीच लोकप्रिय संगीतकार, गीतकार, गायक एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटालाई सम्मान गरेको छ।

मानवीय कर्मका लागि हङकङ पुगेका छोरीचेलीहरुले सञ्चालन गर्दै आएको कोषले त्यहाँ आयोजित सुमधुर सांगीतिक सौगता २०१७ कार्यक्रममा बासकोटालाई उनले नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।

आर्थिक अभावमा गुज्रिरहेका बिरामीको पुर्नजीवनका लागि आयोजित कार्यक्रममा बासकोटाका साथमा नायिका केकी अधिकारी आकर्षणको केन्द्र थिइन्। कार्यक्रममा बासकोटाले आफूले संगीत भरेका र गाएका आधा दर्जन लोकप्रिय गीत गाएर हङकङबासी नेपालीको मन जितेका थिए। नायिका अधिकारीले फिल्मी गीतमा नृत्य गरी मनोरञ्जन प्रदान गरेकी थिइन् भने हास्य कलाकार शेरबहादुर गुरुङले कमेडी प्रस्तुत गरी हसाएका थिए। उनले जादुसमेत प्रस्तुत गरेका थिए। गायिका प्रकृति थुलुङ र केन्जल मेहर श्रेष्ठले गीतसंगीतमार्पmत् मनोरञ्जन प्रदान गरेका थिए।