बलिउड अभिनेत्री, नृत्यंगना तथा मोडल राखी सावन्त बारम्बार समाचारमा आइरहन चाहने सेलिब्रेटीका रूपमा चिनिन्छिन्। विवादास्पद टिप्पणी र खुलस्त विचार राख्ने राखी यतिखेर बिब्वाई कन्डमको विज्ञापनलाई लिएर चर्चामा छिन्।
राखीले देशलाई अधिक मात्रामा कन्डमको विज्ञापन र प्रचारको जरुरी रहेको जनाउँदै कन्डमको समर्थन गर्नु एक प्रकारको सामाजिक गतिविधि भएको बताएकी छिन्। ‘बेब्वाई कन्डमको विज्ञापनमा खेल्न पाउँदा म निकै खुसी छु। कन्डमको विज्ञापनले नै यौन रोगीहरुको संख्या कम गर्न मद्दत गर्दछ। मलाई थाहा छैन अरुले मलाई कसरी न्याय गर्छन् तर मेरा लागि यो एउटा सामाजिक कामभन्दा कम छैन’ –राखीले इन्स्टाग्राममा लेखेकी छिन्।
यौनको विषयलाई लज्जास्पद विषयका रूपमा लिन नहुने जनाउँदै राखीले बलात्कारसँग जोडिएका सबै घटनालाई रोक्न पनि कन्डमले मद्दतकारी भूमिका खेल्ने बताइन्। उनले आफ्नो विज्ञापनलाई गम्भिरताका साथ लिएकी छिन्। तर रोचक कुरा के छ भने, सामाजिक सञ्जाल इन्स्टाग्रामलाई राखीले प्रमोसन गर्ने माध्यमका रूपमा लिएकी छिन्। उनले कस्ताकस्ता टिप्पणीको सामना गर्नुपर्ला, त्यो चाहिँ समयले नै बताउनेछ।











प्रतिक्रिया