चर्चित भारतीय अभिनेता शशी कपुरको निधन

0
Shares

काठमाडौँ ।

भारतिय अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको ७९ वर्षको उमेरमा मृत्यु भएको हो।
पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत कपुरको सोमबार निधन भएको हो ।
उनको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो । शशी कपुरले १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका फिल्महरुमा कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर आदी निकै चर्चित छन्।
सन् १९८४ मा उनको पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि उनी एक्लो जीवन बिताइरहेका थिए ।