पेस्तोलसहित तीन युवा पक्राउ

0
Shares

सन्तोष अधिकारी, गोरखा
तनहुँको आँबुखैरेनीबाट सोमबार बिहान तीन बजे ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले पक्राउ गरेको छ।

गोली र पेस्तोलसहितका युवा रहेको स्थानीयकै विशेष सुराकीका आधारमा विशेष सुरक्षा व्यवस्थासहित प्रहरीले उनीहरूलाई समातेको इलाका प्रहरी चौकी आँबुखैरेनीका प्रमुख लोकबहादुर गुरुङले जानकारी दिए। पक्राउ पर्नेहरूमा आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङ रहेका छन्।

गुरुङ नेतृत्वको टोलीसहित, नेपाली सेनाको कृष्णदल गण ढकालटारका प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्वको टोली र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक चन्द्रकुमार थापाको टोलीले ती युवालाई समात्न सफल भएको हो। सेना र प्रहरीको टोलीले आइतबार रातिदेखि नै खोजी गरे पनि ती युवा सोमबार बिहान मात्रै पक्राउ परेका हुन्।