राजबल्लभले अमेरिकामै कसे प्रेमिकासँग लगनगाँठो

0
Shares

फिल्म क्षेत्रबाट लोभलाग्दो लोकप्रियता कमाएकै समयमा अमेरिका गएका नायक तथा आरजे राजबल्लभ कोइरालाले अमेरिकमै लगनगाँठो कसेका छन्।

पोखराका नायक कोइरालाले लामो समयदेखि प्रेममा रहेकी अमेरिकाबासी प्रतीमा विमलीसँगको प्रेमलाई गन्तव्य दिँदै लगनगाँठो कसेका हुन्। कोइराला र विमलीबीच आइतबार अमेरिकाको डीसी महानगर क्षेत्रको स्प्रिङ्स फिल्डमा आयोजित वैवाहिक समारोहका बीच औपचारिकरूपमा विवाह भएको हो। प्रतीमा जीव चिकित्सा अभियन्ता (बायोमेडिकल इन्जिनियर) हुन्। राजबल्लभ हाइवे टु धुम्पुस नामक हलिउड फिल्मको सुटिङमा अमेरिका पुगी उतै बसेका थिए। अमेरिका गएको केही समयपछि उनको र विमलीबीच भेट भएको थियो भने विस्तारै दुवैबीच मायाप्रेम बसेको थियो।

वैवाहिक समारोहमा कोइराला र विमलीको आफन्त, साथीभाइ, कलाकारहरू सहभागी भएका थिए। पर्खि बसें नामक फिल्ममा राम्रो काम गरेपछि अगाडि आएका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, गुरु दक्षिणा, हासिदेउ एकफेर, किन लाग्छ माया, पल, मलाई मन पर्यो, राघव, तिमी मात्र तिमी, ऋतु, कोही त छलगायतका फिल्ममा काम गरी दर्शकको मन जितेका छन्।