एकीकृत परियोजना प्रभावकारी बन्दै

0
Shares

धनवीर दाहाल, रुकुम । पोषण शिक्षा, विपन्न परिवारलाई आयआर्जन तथा व्यवसायीक शीप र विपन्न वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम समेटिएको एकिकृत परियोजनाले रुकुममा प्रभावकारि बन्दै गएको छ । जनतालाई प्रत्यक्ष लाभाम्बीत बनाउने गरी संचालन भएको सो परियोजना प्रभावकारी भएको स्थानीयले बताएका छन् । पश्चिम रुकुमको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायलामा सञ्चालन गरिएको एकीकृत परियोजना प्रभावकारी रहेको चौरजहारी नगरपालिका १४ कि भिमी सार्कीले जानकारी दिएकी छिन् ।

उनले भनिन,‘एकीकृत परियोजना दुर्गम गाउँका जनतामाझ लोकप्रिय बनेको छ ।’ एकीकृत कार्यक्रमले स्थानीय गरिव र विपन्न लक्षित कार्यक्रम सञ्चालन गरेपछि प्रभावकारी भएको हो । विशेषगरी पोषण शिक्षा, विपन्न परिवारलाई आयआर्जन तथा व्यवसायीक शीप र विपन्न वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रभावकारी बनेको चौरजहारी नगरपालिकाका प्रमुख गोपाल शर्माले जानकारी दिएका छन् । उनले भने, सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सञ्चालन गरिएका कार्यक्रम समेत प्रभावकारी रहेका छन् । एकीकृत परियोजनाले रुकुमको शिक्षाको गुणस्तर सुधार गर्न पढाई शिविर, सामुदायीक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तालिम, बालशिक्षा कक्षालाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम प्रभावकारी रहेको नगरपालिकाका प्रमुख शर्माले जानकारी दिएका छन् ।

चौरजहारी नगरपालिकामा आयोजित एकीकृत परियोजनाको समिक्षा कार्यक्रममा प्रमुख शर्माले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘कार्यक्रम प्रभावकारी रहेको छ, यसको क्षेत्र विस्तार तथा कुनै एक क्षेत्रमा नमूनायोग्य काम गरेर उदारणीय बनाउन आग्रह समेत गरे ।’ एकीकृत परियोजनाले पार्दशिता कायम गर्न सामाजिक लेखापरिक्षण समेत गर्ने गरेको छ । सरोकारवाला निकायको अनुगमन तथा मुल्याङ्कनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गरेको रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । पश्चिम रुकुमको खोलागाउँ र नुवाकोटमा सरोकारवाला निकायले अनुगमन समेत गरेको जनाएको छ ।