गगन थापालाई बम प्रहार गरेको आशंकामा २२ जना पक्राउ


काठमाडौँ । कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।

त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको सो बम किट्ली बम रहेको तथ्थ खुलेको छ। बम डिस्पोजल टोलीले थापा रहेको २ मिटर टाढा बम पड्किएको जनाएको छ।

अत्यन्त नजिकबाट बम पड्किदाँ थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर रहेको शिक्षण अस्पताल महारागंजले जनाएको छ।